अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

११ मंसिर, काठमाडौँ ।

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्षकाे दाबेदारी  गरेका उपाध्यक्ष भीम रावलले मत माग्न थालेका छन् । शनिबार बन्द सत्र सुरु हुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरेका छन् ।

यद्यपि अध्यक्ष केपी ओलीसहित नेताहरूले महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गरिरहेका छन् । सौराहास्थित बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सहभागी प्रतिनिधिहरूलाई भेटेर नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको भन्दै जिताउन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष बनाउने गरी नेता रावललाई प्रस्ताव गरे पनि उनले अस्वीकार गरेर अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडान लिएको बुझिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.