११ मंसिर, काठमाडाैँ ।
सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले शनिबार इन्गेजमेन्ट गरेका छन् । उनले झापाकी इन्दिरा सङ्ग्रौलासँग औँठी र फूलमाला साटासाट गरेका हुन् ।
कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गर्ने उनी पछिल्लो समय सामाजिक सञ्जालमा खुबै चर्चामा छन् । आम मानिसभन्दा आफू फरक रहेको बताउने उनी मुकुन्दल्याण्डको उद्घोष गर्दै आएका छन् ।
पछिल्ला केही महिनायता उनले मङ्सिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए । मुकुन्देले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे पनि बिहेको मितिबारे सार्वजनिक गरेका छैनन् ।