अध्यक्ष पदका लागि आज ओली र रावलबीच चुनाव

अध्यक्ष पदका लागि आज ओली र रावलबीच चुनाव

१३ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच आज (सोमबार) चुनाव हुने भएको छ ।
हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए ।

चितवनको सौराहामा राति अबेर शुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उनले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका छन् । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ ।

निर्वाचन प्रक्रिया हिजै शुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । आज बिहान ८ बजेदेखि चुनावी प्रक्रिया शुरु हुनेछ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम लगेका छन् । रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि ओली र रावलबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित नै भएको छ भने अन्य पदाधिकारी तथा सदस्यमा पनि अध्यक्ष ओलीले पेस गरेका नामभन्दा अन्यले उम्मेदवारी दिए निर्वाचन हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.