टंक कार्कीले पनि दिए एमाले सचिवमा उम्मेदवारी

टंक कार्कीले पनि दिए एमाले सचिवमा उम्मेदवारी

१३ मंसिर, चितवन ।
नेकपा (एमाले)का नेता टंक कार्कीले पनि सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

सौराहमा चलिरहेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए, जसमा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ ।

त्यसमा असहमत नेताहररूले छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.