१३ मंसिर, एजेन्सी ।
नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष, एक महासचिव र तीन उपमहासचिव पदमा निर्विरोध निर्वाचित भएका छन्।
चितवनमा जारी दसौँ महाधिवेशनअन्तर्गत नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन्।
मनोनयनको म्याद सकिँदासमेत उक्त पदमा कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएको हो। तर निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।