लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य अस्वीकार

लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य अस्वीकार

१३ मंसिर, विराटनगर ।
एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् ।

१० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गरेका थिए । ओलीले केन्द्रीय कमिटीमा पण्डितलाई प्रस्ताव गरेपछि अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको लेखेका छन् ।

पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् ।

सोमबार सामाजिक सन्जालमा पूर्वमन्त्री पण्डितले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

नेता पण्डितले अब पार्टीको संगठित सदस्य मात्र भएर बस्ने बताएका छन् । आफूले केन्द्रीय सदस्यमा पहिले नै उठ्दिन भने पनि अहिले केन्द्रीय सदस्यमा राखेकाले अस्वीकार गरेको बताए । ‘केन्द्रीय सदस्यमा उठ्दिन भनेकै थिएँ ।

अब पदाधिकारीमा बागी उठ्दिन । अब म पार्टीको कार्यकारी भूमिकामा नरहेर संगठित सदस्य भएर काम गर्छु’ उनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.