राखेपको सदस्य सचिवमा टङ्कलाल घिसिङ

राखेपको सदस्य सचिवमा टङ्कलाल घिसिङ

१४ मंसिर, विराटनगर ।
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गरेको छ।

सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेस गरेका थिए ।

सरकारले गएको कात्तिक १ गते तत्कालीन सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.