१४ मंसिर, चितवन ।
नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ ।
एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो ।
१२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म लाग्न पुगेको हो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको बताए । यद्यपि यसको यकिन विवरण पछि प्राप्त हुने उनको भनाइ छ । उनका अनुसार हालसम्म महाधिवेशनमा करिब ९ करोड खर्च भएको छ ।