१४ मंसिर, सौराहा ।
एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
सौराहामा जारी मतगणनाको प्रारम्भिक परिणाम पनि आउन थालेको छ । ४९ वटा विद्युतीय मेसिनको मत गणना हुँदा अध्यक्षका उम्मेदवार केपी ओलीले १०४६ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी भीम रावलले १२२ मत पाएका छन् ।
एमाले महाधिवेशनमा ६९ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । दुई हजार १५३ जना प्रतिनिधि महाधिवेशनमा दुई हजार ९२ जनाले मतदान गरेका थिए । महाधिवेशनमा विभिन्न ५० पदका लागि मतदान भएको थियो ।
महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरूका लागि मतदान गरिएको थियो । एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।