मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित

मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित

१५ मंसिर, मोरङ।
नेपाली काङ्ग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् ।

मंगलबार सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

आइतबार भएको निर्वाचनमा तीन उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा तीन हजार ३६० मत खसेको थियो । लिम्बूले एक हजार ९०६ मत प्राप्त गर्दै विजयी भए । गच्छदारले एक हजार ४२२ मत प्राप्त गरे।

१३औं अधिवेशनमा देउवा पक्षमा रहेर मोरङ सभापतिमा निर्वाचित भएका लिम्बू १४औं महाधिवेशनमा डाक्टर शेखर कोइराला पक्षबाट निर्वाचन लडेका हुन् ।

कांग्रेस सभापतिमा उठ्ने तयारी गरेका कोइरालाका विरुद्ध मोरङमा सभापति देउवा समूहका उम्मेद्वारको पक्षमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला उभिएका थिए ।

पार्टीभित्रको चारवटा समूह एक ठाउँमा उभिंदा कोइराला समूह एक्लै मैदानमा उत्रिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.