काँग्रेस प्रदेश अधिवेशनः ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

काँग्रेस प्रदेश अधिवेशनः ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

१५ मंसिर, काठमाडौं ।
नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

काँग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।

“सर्लाहीको चार निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन आजै सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ”, उनले भने। देशभर १६५ निर्वाचन क्षेत्रको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।

काँग्रेस क्रियाशील सदस्यको विवादका कारण सर्लाही र रसुवाको वडा अधिवेशन ढिला गरी सुरु भएको थियो । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

काँग्रेसको आगामी मङ्सिर १७ र १८ गते एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.