आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसः ४ करोड मानिस आधुनिक दासताको सिकार

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसः ४ करोड मानिस आधुनिक दासताको सिकार

१६ मंसिर, काठमाडौं ।
आज ‘अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

शोषण अन्त्यका लागि सन्देश दिन भन्दै हरेक वर्ष डिसेम्बर २ तारिखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास प्रथा उन्मूलनको घोषणा गरेका थिए ।

नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएको छ । तर अहिले दासताको परिवर्तित स्वरुपले विश्वमा मात्रै नभइ नेपालका लागि पनि चुनौतीपूर्ण विषय बनेको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को पछिल्लो तथ्याङ्क अनुसार ४ करोडभन्दा धेरै मानिसहरु विश्वभर आधुनिक दासताको सिकार बनेका छन् ।

नेपालमा आन्तरिक तथा बाह्य बेचविखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको छ । नेपालमा मानव तस्करी, अङ्ग तस्करी जस्ता घटना बढिरहेका प्रहरीको तथ्याङ्क छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.