अत्यधिक बहुमतले अध्यक्ष जित्छु : कमल थापा

अत्यधिक बहुमतले अध्यक्ष जित्छु : कमल थापा

१८ मंसिर, काठमाडौं।

राप्रपाको जारी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका कमल थापाले आफूले अत्यधिक मतका साथ जित्ने बताएका छन्। शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘यसअघिको महाधिवेशनमा पनि म निर्विरोध अध्यक्ष भएको होइन। अत्यधिक बहुमतबाट निर्वाचित भएको हुँ। यसपटक पनि त्यस्तै हुन्छ ।’

दुईवटा अध्यक्षले छाडेपछि तेस्रो अध्यक्ष स्वतः अध्यक्ष हुनुपर्ने भए पनि प्रतिस्पर्धा हुनुलाई आफूहरुले अनौठो नमानेको थापाको भनाइ छ। प्रतिस्पर्धा प्रजातान्त्रिक अभ्यास भएकाे उनले बताए।

थापाले यो महाधिवेशन नै एकताको अन्तिम महाधिवेशन हुने बताए। अध्यक्षमा थापालाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.