१८ मंसिर, काठमाडौं।
शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली शुरु भएको छ । श्री भवानीदल गण (शान्ति सेना) २७ औं डफ्फालाई बदली गर्नको लागि श्री फस्ट राइफल गण (शान्ति सेना) २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
सेनाले छ दशकदेखि संयुक्त राष्ट्रसंघका विभिन्न मिसनमा सहभागी भइ द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कोभिड-१९ सङ्क्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली बदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ।