‘यो देशमा माओको गुणगान गाउन हुने, महेन्द्रको नहुने?’- रवीन्द्र मिश्र

‘यो देशमा माओको गुणगान गाउन हुने, महेन्द्रको नहुने?’- रवीन्द्र मिश्र

१८ मंसिर, काठमाडौं।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाल देश पृथ्वीनारायण शाहको विचारले बनेको बताएका छन्।

शनिबार ललितपुरको जावलाखेलमा भएको पार्टी एकता कार्यक्रममा उनले पृथ्वीनारायण शाहलाई माला लगाउन नचाहेर मार्क्स र माओलाई माला लगाउन जानेहरुले यो देश बनाउन नसक्ने बताए। उनले भने, ‘यो देशमा माओको नाम लिन हुने, माओको गुणगान गाउन हुने। यो देशमा महेन्द्रको गुणगान गाउन नहुने? किन नहुने? ‘

उनले आफूलाई राजसंस्थावादी भनेर आरोप लगाइएको भन्दै त्यसकाे खण्डन गरे। उनले भने, ‘म न राजसंस्थावादी हुँ, न त गणतन्त्रवादी हुँ। न धर्मनिरपेक्षतावादी हुँ, न धर्मसापेक्षतावादी हुँ। न संघीयतावादी हुँ, न संघीयता विरोधी हुँ। म नेपालवादी हुँ। म यो देशको हित जतिबेला जसरी हुन्छ, म त्यही वादी हुँ। जसलाई जे भन्नुपर्छ, भने हुन्छ ।’

उनले आफूहरुसँग विचार नभएको भन्ने आरोपको खण्डन गरे। उनले भने, ‘उहाँहरु (आरोप लगाउनेहरु)को लागि विचार भनेको मार्क्स र माओले ओडाइदिएको समाजवाद र साम्यवादको छातामात्रै हो । उहाँहरुको लागि अजेण्डा भनेको सांसदलाई सांसद विकास कोष दिएर सांसदलाई ठेकेदार बनाउने अजेण्डा हो। उहाँहरुको अजेण्डा भनेको बिचौलियासँग साँठगाँठ गरेर दिनै नसकिने अस्पताल चलाउन दिने, स्कुल चलाउन दिने, व्यापार चलाउन दिने, सहरलाई कंक्रिटको जंगल बनाउन दिने हो। यो सम्पूर्ण उहाँहरुको अजेण्डा हो। ती अजेण्डाचाहिँ उहाँहरुको लागि राजनीति हो। हामीले भनेको अजेण्डाचाहिँ उहाँहरुको लागि राजनीति होइन।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.