१९ मंसिर, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्। हालसम्म करिब २५ सय मतगणना भइसकेको निर्वाचन समितिले जनाएको छ ।
करिब २५ सय मतगणन हुँदा लिङ्देनले ११२१ मत प्राप्त गरेका छन् । त्यस्तै कमल थापाले १०२० मत प्राप्त गरेका छन् । त्यस्तै १०३ मत बदर भएको बताइएको छ ।
कागजी मतपत्रबाट मतदान भएको अध्यक्ष पदका लागि मतगणना प्रक्रिया बिहान ३ बजेबाट सुरू भएको हो। अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने बताइएकाे छ ।