राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले दिए बधाई

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले दिए बधाई

१९ मंसिर, काठमाडाैँ ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो। राप्रपा नेता मोहन श्रेष्ठले दिएकाे जानकारी अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.