हिमानीलाई कमल थापाको कटाक्ष-‘अब चाँडै राजसंस्था पुन:स्थापना हुने भयो, हार्दिक बधाई छ’

हिमानीलाई कमल थापाको कटाक्ष-‘अब चाँडै राजसंस्था पुन:स्थापना हुने भयो, हार्दिक बधाई छ’

१९ मंसिर, काठमाडौँ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) अध्यक्षमा पराजित भएपछि कमल थापा आक्रोश र उत्तेजनामा देखिएका छन् । निर्वाचन परिणाम सार्वजनिक हुनु अगावै थापा निर्मलनिवास विरुद्ध खनिएका थिए ।

अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई पूर्व युवराज्ञी हिमानी शाहले बधाई दिएपछि थापाले कटाक्ष गरेका छन् । हिमानी शाहले लिङ्देनलाई सामाजिक सञ्जाल ट्विटरमार्फत दिएको बधाई तथा शुभकामनाप्रति कमल थापाले कटाक्ष गरेका हुन् ।

हिमानीले लेखेकी छन्, ‘अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !!!’

हिमानीको उक्त ट्वीटमाथि प्रतिक्रिया जनाउँदै थापाले लेखेका छन्- अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना।

यसअघि थापाले लेखेको स्टाटसमा पनि पूर्वराजाको फेक आइडीलाई मेन्सन गरेका थिए । पूर्वराजाको कुनै आधिकारिक ट्विटर अकाउन्ट नरहेको उनको सचिवालयले बारम्बार बताइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.