जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा

जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा

२० मंसिर, काठमाडौं ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन। अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन । कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन। हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौँ।’

उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पत्रकारहरुलाई बताए । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.