गुटका पत्रकार बोलाएर देउवाले भने- म अन्तिम पटक सभापति बन्न चाहन्छु, सहयोग गर्नुस्

गुटका पत्रकार बोलाएर देउवाले भने- म अन्तिम पटक सभापति बन्न चाहन्छु, सहयोग गर्नुस्

२० मंसिर, काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले फेरि एकपटक सभापति बन्ने चहनामा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ‘गुट’ का पत्रकारहरू बोलाएर देउवाले अन्तिम एक पटक सभापति बन्न चाहेको बताउँदै मिडियाबाट ‘यथाशक्य’ सहयोग गर्न आग्रह गरेका हुन् ।

देउवाले भने, ‘म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु । मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु । तपाईँहरुमार्फत पनि आग्रह गर्न चाहन्छु।’

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उनले शक्ति प्रदर्शन नगर्ने बताए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापतिको पत्रकार सम्मेलन भएपनि कांग्रेस प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा कार्यक्रममा उपस्थित थिएनन् ।प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक पत्रकारहरूसँग भेटेका हुन् । अनौपचारिक भनेर बोलाइएको भेटघाटमा देउवानिकट ‘गुट’ का अधिकांश पत्रकारहरू बोलाइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.