आफ्नै उम्मेदवारलाई मतदान नगरेको शेखर भन्छन् : ‘गल्ती भए क्षमाप्रार्थी छु’

आफ्नै उम्मेदवारलाई मतदान नगरेको शेखर भन्छन् : ‘गल्ती भए क्षमाप्रार्थी छु’

२० मंसिर, काठमाडौं ।

कांग्रेस नेता शेखर कोइरालाले कानुनी परामर्श गर्दा भविष्यमा जटिलता आउन सक्ने पाएपछि प्रदेश १ को अधिवेशनमा मतदान नगरेको दाबी गरेका छन् ।

शनिबार कोइरालाको गृहनगर विराटनगरमा भएको प्रदेश अधिवेशनमा उनका उम्मेदवार गुरुराज घिमिरे २ भोटले पराजित भएका छन् । तर, आफूले नै उठाएको उम्मेद्वार घिमिरेलाई शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले भोट समेत नदिएको खुलेकाे छ । घिमिरेलाई उनीहरु तीनै जनाले भोट दिएका थिए भने जित्ने थिए ।

त्यसबारे प्रश्न उठेपछि कोइरालाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘कांग्रेस १४ औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपयुक्त ठानें । यस क्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.