कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बेले गरे उम्मेदवारी घोषणा

कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बेले गरे उम्मेदवारी घोषणा

२० मंसिर, काठमाडौँ ।

कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति शेरबहादुर देउवाको समूहबाट जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत आठ सहमहामन्त्रीको व्यवस्था गरेको छ । कांग्रेसको विधानले गरेको नयाँ व्यवस्थाअनुसार खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १-१ जना सहमहामन्त्री चुनिनेछन् ।

पत्रकार सम्मेलनमा बाेल्दै नेता आङ्देम्बेले पार्टीलाई चलायमान बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताए । ०७० को भएको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएर काम गरेका थिए । हाल उनी कांग्रेसको अनुशासन आयोगका संयोजक हुन् ।

राजनीतिक घरानाका नेता आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भए । उनलार्ई लिम्बू जातिबाट भएको पहिलो मन्त्रीका रूपमा चिनिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.