२० मंसिर, बैतडी ।
बैतडीको पाटन नगरपालिकामा यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
साेमबार पाटन नगरपालिका -१ सकारमा पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जिप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएकाे छ ।
मृतकको परिचय नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राकेश शाहीले बताए । घाइतेको प्रहरीले उद्वार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याउन लागिएको उनले बताए ।