ओलीलाई भेट्न बालकोट पुगे बारका प्रतिनिधि

ओलीलाई भेट्न बालकोट पुगे बारका प्रतिनिधि

२१ मंसिर, काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनको टोली प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेको छ ।

मंगलबार सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेर बारको टोली बालकोट पुगेको हो । एमाले अध्यक्ष ओलीलाई भेट्नका लागि बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा कानुन व्यवसायी बालकोट पुगेका हुन् ।

बारको टोली पौने १ बजे बालकोट पुगेको महासचिव लिलामणी पौडेलले बताए । नेपाल बारका उपाध्यक्ष, महासचिव  पौडेल, कोषाध्यक्ष रुद्र पोखरेल, पाँच जना सदस्यहरू, पूर्वअध्यक्षहरू शम्भु थापा, पूर्वमहासचिव रमण श्रेष्ठलगायत बालकोट पुगेका हुन् ।

बारका अध्यक्ष श्रेष्ठले ओलीलाई भेटेर प्रधानन्यायाधीशको राजीनामाबारे छलफल गर्ने जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.