मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक

मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक

२१ मंसिर, काठमाडाैँ ।

नेपाल उद्योग परिसंघले मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मलेन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो ।

गत फागुन महिनाको २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गरेका थिए । यस अभियान अन्तर्गत हालसम्म ४० वटा कम्पनीहरु आवद्ध भएका छन् । ती कम्पनीहरुबाट उत्पादन हुने वस्तु तथा सेवाहरुमा स्वदेशी अभियानको लोगो हुनेछ । पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले मेक इन नेपाल अभियानले उत्पादनमूलक अर्थतन्त्रका साथै मुलुकभित्र रोजगारी र पूँजी वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उद्योगमैत्री वातावरण कसरी बनाउन सकिन्छ भनी आफूहरुले काम गरि रहेको बताए । त्यसका लागि हालसम्म ३४ वटा समूहहरु पहिचान गरेको र जसमध्य १० वटामा यही बर्षदेखि काम सुरु गर्ने जानकारी दिए । पूर्वाधारसँग सम्बन्धी काम सुरु भइ अगाडी बढी सकेको बताउदैं सरोकावाला निकाय तथा विज्ञहरु सँगको छलफल पछि काम अगाडी बढाउने समेत उनले जानकारी दिए ।

मेक इन नेपाल अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । यस्तै, कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत, २०३० सम्ममा २६ प्रतिशत योगदान पु–याउने र हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गरी पाँच वर्षमा वार्षिक निर्यात ४ दशमलव ३ अर्ब डलर पु¥याउने लगायतको लक्ष्य लिइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.