स्काउटका संयोजक भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

स्काउटका संयोजक भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

२२ मंसिर, काठमाडौं।

सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको ठहर गर्दै सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्ति भएका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा भण्डारी हटाउने सरकारले निर्णय गरेको थियो ।

सरकारको सो निर्णविरुद्ध भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतको अन्तरिम आदेशसँगै भण्डारी पुनर्बहाली भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.