काठमाडौं ः सरकारले गुपचुप रुपमा जसलाई जति समय पनि नजरबन्दमा राख्न सक्ने प्रचलन अब हट्ने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
सार्वजनिक सुरक्षासम्बन्धी ऐन २०४६ संशोधन विधेयकमा कसैलाई गुपचुप नजरबन्दमा राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ ।
संसदमा दफावार छलफलसमेत भई पारित हुने अवस्थामा पुगेको विधेयकमा भनिएको छ ‘कुनै व्यक्तिलाई नजरबन्दमा राखिए स्थानीय अधिकारीले त्यसरी नजरबन्दमा राखिएको चौबीस घण्टाभित्र त्यस्तो व्यक्तिको स्थितिका बारेमा निजको परिवारको सदस्य वा नजिकको नातेदारलाई जानकारी दिनुपर्नेछ ।’