भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सकियोः अर्थमन्त्री

भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सकियोः अर्थमन्त्री

२२ मंसिर, काठमाडाैँ ।
अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । भूकम्पपछिको पुर्ननिर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताए ।

उनले पुनर्निर्माणको अभियानमा सहयोग गर्नुहुने सबै मित्र राष्ट्रहरु तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गरे । अर्थमन्त्री शर्माले भने,‘ भुकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न गर्नुमा पुनर्निर्माण प्राधिरकण, नेपाल सरकार, दातृ निकायको प्रमुख भूकिका रहेको छ। भुकम्पपछिको सफल पुननिर्माण कार्यले भुकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभएर निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको छ । भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता समेत पुर्णता पायो । साथै अहिले भौतिक संरचना पुननिर्माण समेत सन्तोषजनक रुपमा काम भएको छ । पुर्ननिर्माण प्राधिकरणका सिईओ, कर्मचारी, भुकम्पका क्रममा दुर्गमस्थानमा गएर सहयोग गर्ने सबै इन्जिनियर तथा प्राविधिक धन्यवादका पात्रा हुन। भौतिक संरचना, नीजि आवास तथा सार्वजनिक संरचना, पुरातात्विक,सांस्कृतिक तथा एतिहासिक सम्पदाहरु पुनर्निर्माणको महत्वपूर्ण चरण पार गरेका छन्। भुकम्पपछिको पुनर्निर्माण सन्तोषको विषय मात्रै नभएर राजनीतिक दल र सबै राजनीतिक दलको एकता, सबै दातृ निकाय तथा संघ संस्था र मित्र राष्ट्रहरुको सहयोग अत्यन्तै महत्वपूर्ण हुने कुरा पुष्टि गरेको छ ।’

पुनर्निर्माणका बाँकी काम चालु आर्थिक वर्षभित्र सम्पन्न गरिने
अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरुलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बताउनुभयो । उनले चालु आर्थिक वर्षभित्र सक्नको लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताए । त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी कामहरु गर्न विपद् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने बताए । मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.