एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, यी हुन् १५ एजेण्डा

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, यी हुन् १५ एजेण्डा

२२ मंसिर, काठमाडौं।

नेकपा (एमाले)ले  १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाएको छ।

मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा बिहान ११ बजेका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। बैठकमा विभिन्न १५ एजेण्डा तय गरिएको उनले बताए ।

बैठकको कार्यसूचीमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन लगायत रहेका छन्।

निर्वाचित केन्द्रीय कमिटीकाे पहिलो बैठक भने महाधिवेशनस्थल चितवनमै बसेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.