प्रकाशमान र शेखरले सभापतिको दाबी नछाडेपछि जुटेन सहमति

प्रकाशमान र शेखरले सभापतिको दाबी नछाडेपछि जुटेन सहमति

२२ मंसिर, काठमाडौँ ।

नेपाली कांग्रेसका संस्थापनइतर समुहको चाक्सीवारीमा बसेको बैठक विना निष्कर्ष सकिएको छ ।  साे समूहले बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भने पनि आकांक्षीहरूका बीचमा सहमति जुटेको छैन ।

साझा उम्मेदवार तयार गर्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि नेताहरू बिहीबार बिहान ८ बजे पुनः छलफलमा बस्ने गरी उठेका छन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार सभापतिका आकांक्षी नेता प्रकाशमान सिंहले आफैँ सभापतिको उम्मेदवार हुनुपर्ने दाबी छाडेका छैनन् । पौडेल र कोइरालाहरूले भने छलफल गरेर अघि बढ्न सकिने भनेका छन् ।

नेता सिंहले आफ्नो दाबी नछाडेपछि बैठकमा तनावको अवस्थासमेत बनेको थियो । नेता घिमिरेले आकांक्षीहरू बाहेकका केन्द्रीय सदस्यहरू विहीबार विहान छलफलमा बस्ने, त्यो छलफलको निर्णयअनुसार नेताहरूलाई सुझाव दिने, र नेताहरूले निर्णय लिने सहमति भएको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले मंगलबारै आफूहरू लचिलो हुन तयार रहेको बताएका थिए । तर, नेता सिंह र अर्का आकांक्षी शेखर कोइरालाका बीचमा सहमति हुन सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.