हरर फिल्म ‘कठपुतली’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

हरर फिल्म ‘कठपुतली’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

२२ मंसिर, काठमाडाैँ ।

फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । हरर् विधामा निर्माण भएको यो फिल्म आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।

यस फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन् ।

फिल्मकी कार्यकारी निर्माता समेत रहेकी मल्लले फिल्म हरर् विधामा निर्माण भए पनि मौलिक कथामा बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ फिल्मले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ ।

कार्यक्रममा कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन्। फिल्मले नारी पात्रलाई सशक्त रुपमा प्रस्तुत गरेको शर्माले बताइन् । लामो समयपछि अभिनयमा फर्कनुभएकी उषा रजकले पहिलो पटक हरर् फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन्।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल फिल्ममा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.