काँग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बस्दै

काँग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बस्दै

२३ मंसिर, काठमाडौँ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठकसमेत हुने छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.