एमाले अध्यक्ष ओली अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रममा नजाने

एमाले अध्यक्ष ओली अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रममा नजाने

२३ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।

उनलाई मौसमी रुघाखोकीसँगै ज्वरो आएको उनको सचिवालयले जनाएको छ। एमाले महाधिवेशनपछि धपेडीमा परेकाले अध्यक्ष ओली सामान्य बिरामी परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। अस्वस्थ भएपछि उनी घरमै आराम गरिरहेका छन्।

ओलीले काठमाडौंको रोयल ब्यांक्वेटमा बिहीबार दिउँसो पत्रकारसँग छलफल गर्ने भनिएपनि अन्तिम अवस्थामा स्थगित गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.