कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक पौडलले गरे बहिस्कार

कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक पौडलले गरे बहिस्कार

२३ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीकाेकेन्द्रीय कार्यसमितिको  बैठकमा उपस्थित नहुने भएका छन् ।

पार्टी कार्यालय सानेपामा आज वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बूस्दैछ । तर, सो बैठकमा आफू सहभागी नहुने पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् ।

रामचन्द्र पौडेलको सचिवालयले विशेष कारण केही नभए पनि उनी बैठकमा उपस्थित नहुने बताएको छ । सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् ।

आजको बैठकमा शुक्रबारदेखि सुरू हुने पार्टीको १४औँ महाधिवेशनमा पेस गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषय एजेण्डा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.