मेरो सभापति को हो थाहा छैन तर, सभापतिका लागि पनि भोट माग्छु : गगन थापा

मेरो सभापति को हो थाहा छैन तर, सभापतिका लागि पनि भोट माग्छु : गगन थापा

२३ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार दिएका गगनकुमार थापाले आफूले महामन्त्री पदमा मात्र नभई सभापति पदमा पनि भोट माग्ने बताएका छन् ।

बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले अहिलेसम्म आफ्नो तर्फबाट सभापतिको उम्मेदवारको ठेगान नभएको र मत हाल्ने दिनसम्म ठेगान लागेपछि सभापतिका लागि भोट माग्ने र हाल्ने बताए ।

उनले भने, ‘मेरो सभापति को हुनुहुन्छ मलाइ पनि थाहा छैन, तर म आफ्ना लागि मात्र मत माग्दिन । मैले सभापतिमा जसलाई मत हाल्छु, उसको लागि पनि मत माग्छु ।’

पार्टीको मूल नेतृत्व सभापति नै हो भन्दै उनले पार्टीलाई आफूले भनेजस्तो देख्ने र सुन्ने बनाउनका लागि पनि मूल नेतृत्व राम्रो चाहिने बताए । आफू महामन्त्रीमा निर्वाचित भए चार वर्षसम्म गलत व्यक्ति छानिएछ भन्नु नपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.