पौडेललाई भेट्न संस्थापन इतरका नेताहरु बोहराटारमा

पौडेललाई भेट्न संस्थापन इतरका नेताहरु बोहराटारमा

२४ मंसिर, काठमाडौँ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा संस्थापन इतरका नेताहरू सभापतिका लागि साझा उम्मेदवार छनोटको प्रयासमा लागेका छन् । संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापनइतर समूहमा भने अझै पनि निर्णय हुन सकेको छैन ।

संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान राखेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए आफू महाधिवेशनमै नजाने बताएका छन् ।

साझा उम्मेदवार तय गर्नेबारे छलफल गर्न नेताहरू पौडेले निवास बोहोराटार पुगेका छन् । नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मिनेन्द्र रिजाललगायत नेताहरु पौडेल निवास बोहराटार पुगेको एक नेताले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.