नयाँ पार्टी खाेल्दै हृयदेश त्रिपाठी, २८ गते घोषणा

नयाँ पार्टी खाेल्दै हृयदेश त्रिपाठी, २८ गते घोषणा

२४ मंसिर, काठमाडौं ।

सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी खाेल्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन् । त्रिपाठीले २८ गते पार्टी घोषणाको कार्यक्रम राखेका जानकारी दिँदै त्यो दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक गर्ने बताए ।

त्रिपाठी, विजेशकुमार गुप्ता लगायतका तत्कालीन राजपाबाट अलग भएका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाएका थिए । एमालेसँग तालेमल गरेका उनीहरुले सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

त्रिपाठी केर्पा शर्मा ओली नेतृत्वको सरकारमा केही महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत बनेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.