नाडाको अध्यक्षमा थापा निर्वाचित

नाडाको अध्यक्षमा थापा निर्वाचित

२४ मंसिर, काठमाडौँ ।

नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी भएका छन्। करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले कूल एक हजार ४१३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी चौधरीले एक हजार ३४७ मत प्राप्त गरेका थिए। कूल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार ४६३, मिलनबाबु मल्ल एक हजार ४६५, राजनबाबु श्रेष्ठ एक हजार ४५७, सुरेन्द्रकुमार उप्रेती एक हजार ४३२, सुनिल रिजाल एक हजार ४०२, अभिक ज्योति एक हजार ३८३, प्रकाश कपुरी एक हजार ३७९, विक्रम सिङ्घानियाले एक हजार ३७१ र गोपाल भट्टराईले एक हजार ३६५ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै, नीलमणि पाठक एक हजार ३५४, वरदान बस्नेत एक हजार ३५० र पङ्कज अग्रवालले एक हजार ३३४, निराकर श्रेष्ठ एक हजार ३६४, यमुना श्रेष्ठ एक हजार ३५५, कपिल शिवाकोटी एक हजार ३४८, प्रदीपमान प्रधान एक हजार ३४६ र आकाश गोल्छा एक हजार ३३९ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिए। कूल तीन हजार २०० सदस्य रहेको नाडामा दुई हजार ७८८ मात्र मत खसेको थियो। यसअघि, संस्थागत सदस्यतर्फ सातै प्रदेशमा निर्विरोध निर्वाचित भइसकेका छन् । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.