पार्टी विभाजनपछि पहिलोपटक एउटै मञ्चमा ओली, दाहाल र नेपाल

पार्टी विभाजनपछि पहिलोपटक एउटै मञ्चमा ओली, दाहाल र नेपाल

२४ मंसिर, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका छन् । शुक्रबार भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओली सँगै देखिएका हुन् ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै छन् ।

पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।

 त्यस्तै ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन । एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा गए पनि दाहाल सहभागी भएका थिएनन् ।

 एउटै पार्टीमा रहेका ओली, दाहाल र नेपाल लामो समयपछि एकै ठाउँमा देखिनुलाई चासोका साथ हेरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.