कांग्रेस महाधिवेशनमा भाजपा नेताले भने- एउटै मञ्चमा यतिधेरै पूर्वप्रधानमन्त्री पहिलोपटक देखेँ

कांग्रेस महाधिवेशनमा भाजपा नेताले भने- एउटै मञ्चमा यतिधेरै पूर्वप्रधानमन्त्री पहिलोपटक देखेँ

२४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकामना दिन आएका भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री पहिलोपटक देखेको बताएका छन् ।

शुक्रबार महाधिवेशनकाे उद्घाटन समाराेहमा सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालतिर इसारा गर्दै उनले आफूले कहिले पनि यस्तो नदेखेको बताएका हुन् ।

त्यस्तै उनले एउटा पार्टीको कार्यक्रममा सबै पार्टीका प्रमुख नेताहरू उपस्थित हुनु पनि आफ्ना लागि नयाँ विषय भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.