कांग्रेसले रोकिएको गति अगाडि बढाउनुपर्छः पौडेल

कांग्रेसले रोकिएको गति अगाडि बढाउनुपर्छः पौडेल

२४ मंसिर, काठमाडौं।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले आफ्नो रोकिएको गति अगाडि बढाउनुपर्ने बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन उदघाटन समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले महाधिवेशनले रोकिएको गतिलाई अगाडि बढाउने विश्वास व्यक्त गरे । उनले भने,  ‘कांग्रेसले नेताको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ । विकृति र विसंगतिलाई मुक्त गर्दै अगाडि बढाउने काम गर्नुपर्नेछ ।’

पौडेलले महाधिवेशनबाट उज्वल भविष्यको बाटो तय हुने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षबाट सामना गर्ने कांग्रेस बनाउन जरुरी रहेकोसमेत उल्लेख गरे ।

पौडेलले राजनीतिलाई सम्मानित गर्ने दायित्व पनि आफ्नो पार्टीसँग रहेको बताए। पूर्वाग्रह त्यागेर, नजिक टाढाबाट पर रहेर एकताका लागि काम गर्ने उनको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.