२५ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सिंहको टिमबाट उपसभापति उठ्ने घोषणा गरेकी छिन्। उनी सिंहको घोषणा सभामा उपस्थित भएकी छिन् । यसअघि उनी कतैपनि खुलेकी थिईन् ।
कोइराला परिवारले सभापतिमा साझा उम्मेद्धवार तय गर्ने चर्चा चलेको भएपनि पछिल्लो समय सुजाता शशांक कोइरालासँग चिढिएकी थिईन् । उनले अहिले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् । सिंहले सिंहदरबारस्थित दरबार पार्टी प्यालेसबाट उम्मेदवार घोषणा गर्दै छन्।
कांग्रेसमा आज मनोनयन दर्ता हुने कार्यक्रम छ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।