देउवाले दिएको उपसभापतिको ‘अफर’ शशांकले गरे अस्वीकार

देउवाले दिएको उपसभापतिको ‘अफर’ शशांकले गरे अस्वीकार

२५ मंसिर, काठमाडौँ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले गरेको उपसभापति पदको प्रस्ताव अस्वीकार गरेका छन् । गठबन्धन बनाउने प्रयास स्वरुप सभापति देउवाले शशांकलाई उपसभापतिकाे प्रस्ताव गरेका थिए ।

उपसभापतिको प्रस्तावसहित सभापति देउवाले आफ्नो टिममा आउन गरेको आग्रहलाई महामन्त्री शशांकले अस्वीकार गरेको उनका सहयोगी भरत तिवारीले जानकारी दिए ।

महामन्त्री शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि सभापतिका आकांक्षी रहेका शशांकले सहमतिका लागि भन्दै आफ्नो दाबी छाडेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.