शेखर कोइरालाले टुंग्याए पदाधिकारीको टीम, को-को समेटिए ?

शेखर कोइरालाले टुंग्याए पदाधिकारीको टीम, को-को समेटिए ?

२५ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार दिउँसो नेताहरुको छलफलले पदाधिकारी टुंगो लगाएको हो । जसअनुसार सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने भएका छन् ।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको एक नेताले जानकारी दिए ।

शेखरलाई बरिष्ठ नेता रामाचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको समर्थन प्राप्त भएको छ ।शेखरको प्यानल नै एकैपटक बाल्मिकी क्याम्पसबाट र्‍यालीसहित उम्मेदवारी दर्ता गराउने जाने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.