महामन्त्री बन्न प्रकाशमानको प्यानलमा पुगे विश्वप्रकाश

महामन्त्री बन्न प्रकाशमानको प्यानलमा पुगे विश्वप्रकाश

२५ मंसिर, काठमाडौं।

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ छाडेर प्रवक्ता विश्वप्रकाश शर्मा अन्ततः प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।

देउवाले सहमहामन्त्री बन्न राखेको प्रस्तावलाई नकार्दै अन्ततः शर्मा सिंह प्यानलमा पुगेका छन् । शर्माले प्रकाशमानले आफूलाई कुरिरहेको र सँगै उम्मेदवारी दर्ता गर्ने बताए । उनले भने –’ महामन्त्रीमा उम्मेदवारी दिन्छु । प्रकाशमान दाइ मलाई कुरिरहनु भएको छ ।’

यसअघि शर्मा सभापतिका उम्मेदवार शेखर कोइरालाको टिममा जाने भनिएको थियो तर, कोइरालाको टिममा गगन थापा र मिनेन्द्र रिजालले ठाउँ ओगटेपछि उनी सिंहकाे प्यानलमा मिसिन पुगेका छन्।

अहिले सिंहको प्यानलल गाँजाबाजासहित उम्मेदवारी दर्ता गर्न गएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.