२५ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला नेतृत्वको प्यानलले उम्मेदवार दर्ता गरेको छ । शनिबार कोइरालाले प्यानलसहित आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
कोइराला प्यानलको उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिएका छन् ।
सह-महामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, मधेसीबाट रामकृष्ण यादव,आदिवासी जनजातिबाट विकास लामा र थारुबाट तेजुलाल चौधरीलाई उठाएका छन्।