२५ मंसिर, काठमाडौं ।
नेपाली काँग्रेसका नितर्वमान महामन्त्री डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । डा. शेखर कोइरालाको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताका लागि उनी स्वयं उपस्थित नभएर स्वकीय सचिव भरत तिवारीमार्फत उम्मेदवारी दिएका थिए। १२औं महाधिवेशनबाट महामन्त्री निर्वाचित शशांक सभापतिकै दावेदार थिए । तर उनले शेखरलाई समर्थन गरेका छन् ।