आगामी निर्वाचनमा काँग्रेसको बहुमत ल्याउन सभापतिमा मेराे उम्मेदवारी: निधि

आगामी निर्वाचनमा काँग्रेसको बहुमत ल्याउन सभापतिमा मेराे उम्मेदवारी: निधि

२५ मंसिर, काठमाडाैँ ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन् । निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न काँग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दावी गर्नु परेको बताए ।

पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि उनले सञ्चारकर्मीमाझ भने, ‘आगामी निर्वाचनमा नेपाली काँग्रेसको सरकार बनोस । एकमना सरकार बनोस् । र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जुन हामीले ल्याएका छौं । त्यो प्रणालीको सफल कार्यान्वयन गराउनु आजको आवश्यक्ता हो । नेपाली काँग्रेसको माध्यामबाट संघीय लोकतान्त्रिक गणतन्त्रको साशन व्यवस्था र हामीले बनाएको संविधानको सफल कार्यान्वयन गर्नका लागि नेपाली जनतालाई अपिल गर्न चाहन्छु कि काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिनुहोस ।’

निधिले सबै राजनीतिक दल र नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था बिर्सिन लागेको आरोप समेत लगाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.