२५ मंसिर, काठमाडाैँ ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन् । निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न काँग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दावी गर्नु परेको बताए ।
पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि उनले सञ्चारकर्मीमाझ भने, ‘आगामी निर्वाचनमा नेपाली काँग्रेसको सरकार बनोस । एकमना सरकार बनोस् । र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जुन हामीले ल्याएका छौं । त्यो प्रणालीको सफल कार्यान्वयन गराउनु आजको आवश्यक्ता हो । नेपाली काँग्रेसको माध्यामबाट संघीय लोकतान्त्रिक गणतन्त्रको साशन व्यवस्था र हामीले बनाएको संविधानको सफल कार्यान्वयन गर्नका लागि नेपाली जनतालाई अपिल गर्न चाहन्छु कि काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिनुहोस ।’
निधिले सबै राजनीतिक दल र नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था बिर्सिन लागेको आरोप समेत लगाए ।