२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमै चुनाव जित्ने बताएका छन् ।
महाधिवेशनमा संस्थापन इत्तर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशतभन्दा बढी मत ल्याएर जित हासिल हुने बताएका हुन् ।
उनले वीपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , सुशील कोइरालाले सपना देखे अनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे । कांग्रेसमा आवश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको उनको दाबी छ ।