कांग्रेस महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

कांग्रेस महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

२७, मंसिर, काठमाडौं ।
कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् ।

नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए।

आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट अलग रहेको पौडेलले घोषणा गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.